+
+

हर्क साम्पाङले सार्वजनिक गरे १०० दिनमा गरेका कामको विवरण

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २ गते ७:२१
हर्क साम्पाङ । फाइल तस्वीर

२ भदौ, काठमाडौं । सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरु गरें

२. ४ ठाउँबाट खानेपानीको मुहान थपें

३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ

४. ६ लाख विरुवा रोपें

५. सरसफाइमा देखिने सुधार ल्याएँ

६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ

७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें

८. बाटो मर्मत सम्भार तथा तटबन्धन, विपद व्यवस्थापन

९. लागु औषध विरुद्धको अभियान सुरु गरें

१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ

११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें

१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ

१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?