+
+

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १४:०२
फाइल तस्वीर

४ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी घोषणाका साथै अरु महत्वपूर्ण निर्णय गर्ने नेताहरुले बताएका छन् ।

शुक्रबारको बैठकले पदाधिकारीको टुंगो लगाउन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । शुक्रबारको बैठक विनानिष्कर्ष टुंगिएको थियो ।

महाधिवेशन भएको लामो समयसम्म माओवादीले पदाधिकारीलाई पूर्णता दिन सकेको छैन । अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महराबाहेक पदाधिकारी चयन भएका छैनन् ।

महासचिवका लागि मात्रै ७ जना नेताले दाबी गरेका छन् । एकै पदमा धेरैले दाबी गरेपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले २१ पदाधिकारी र ७ उपमहासचिव हुने प्रस्ताव पेस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?