+
+

विप्लवको विद्यार्थी संगठनले धादिङमा बनायो विद्यालय भवन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १४:५०

४ भदौ, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले धादिङको बेनिघाट-रोराङ गाउँपालिकाको वडा न. १ र २ को सिमानामा पर्ने च्यात्रा गाउँमा विद्यालय भवन निर्माण गरेको छ। शुक्रबार संगठनले एक कार्यक्रम आयोजना गरी भवन उद्घाटन गरेको छ ।

विद्यालयको उद्घाटनमा नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल, अखिल (क्रान्तिकारी) अध्यक्ष प्रकाश शाहीलगायतका नेता कार्यकर्ता पुगेका थिए । धादिङ जिल्लाको अति विकट त्यस बस्तीमा यसभन्दा पहिले विद्यालय थिएन ।

नजिकको विद्यालय पनि तीन घण्टाको दुरीमा रहेको र भिरालो वाटो भएकोले बालबालिका पढ्ने अवसरवाट वञ्चित थिए ।  २५ घरधुरी रहेको यस गाउँमा करिब ५० को संख्यामा विद्यालय जाने उमेरका बालबालिका रहेको अखिल (क्रान्तिकारी) का अध्यक्ष शाहीले बताए ।

अखिल (क्रान्तिकारी ) ले आफ्नै लगानी, श्रमदान र स्थानीयसंगको सहकार्यमा ४ कोठे विद्यालय भवन निर्माण गरेको हो । उद्घाटनलगत्तै विद्यालयमा पढाइ सुरु भएको छ र ३० जना बालबालिका नियमित आउने गरेको शिक्षक अस्मिता घलानले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?