+
+

रचना रिमाल भन्छिन्- संगीतकै कमाइमा आमाबुवालाई घर बनाएर राख्‍ने सपना पूरा भयो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १७:३५

काठमाडौं । अब संगीत रहर मात्र भएन, यो अर्थोपार्जनको एउटा लोभलाग्दो पेसा समेत बन्न थालेको छ । त्यसमा पनि कम उमेरमै नाम र दाम कमाउने सपना सबैको हुन्छ ।

पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमालको दुवै हातमा नाम र दामका यी लड्डु छन् । केही महिना पहिले उनले आफ्नै कमाइमा घर बनाउँदै गरेको खबर सार्वजनिक भएको थियो । शनिबार मात्र उनले घर निर्माण कार्य पूरा भएको जनाउँदै आमाबुबालाई आफैंले निर्माण घरमा राख्ने सपना पूरा भएको बताएकी छन् ।

सामाजिक सञ्जालमा घरसहितको तस्वीर पोस्ट गर्दै उनी लेख्छिन्, ‘सानैदेखि बाबाममीलाई एउटा घर बनाएर राख्ने सपना थियो, सांगीतिक क्षेत्रबाटै यो सपना पूरा गर्छु भन्ने कल्पना नै थिएन, तर सबैको माया र आशिर्वादले गर्दा आज मेरो एउटा सपना पूरा भएको छ ।’

झापाको चन्द्रगढीस्थित पुरानो घर भएको ठाउँमा चार कोठे पक्की घर निर्माण कार्य सकिएको उनले जनाएकी छन् । ‘बाबाममी यही घरमा बस्दै हुनुहुन्छ । माया, साथ, हौसला र आशिर्वाद दिनुहुने सबैमा नतमस्तक छु । सदैव यही क्षेत्रमा रहने सत्कर्म गर्नेछु ।’

रचनाको यो पोस्ट लगत्तै उनलाई अन्य कलाकारले समेत बधाई दिएका छन् । पछिल्लो समय अन्य कलाकारले पनि कला क्षेत्रकै कमाइबाट घर र गाडी किन्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?