+
+

आमा बनिन् सोनम कपुर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते २०:३०

काठमाडौं । बलिउड अभिनेत्री सोनम कपुर आमा बनेकी छन् । आफूले छोरा जन्माएको खबर उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी छन् । उनको विवाह बिजनेसम्यान आनन्द आहुजासँग भएको थियो ।

बलिउड सञ्चारमाध्यमका अनुसार मुम्बईको एक निजी अस्पतालमा सोनमको डेलिभरी भएको थियो । गत मार्चमा सोनमले प्रेगनेन्सी घोषणा गरेकी थिइन् । केही दिनअघि भाइ अर्जुन कपुरसँग उनी कफी विद करणको सातौं सिजनमा प्रस्तुत थिइन् ।

 

View this post on Instagram

 

A post shared by Sonam Kapoor Ahuja (@sonamkapoor)

सोनम र आनन्दले इन्स्टाग्राममा स्टेटमेन्ट सेयर गर्दै सन्तान प्राप्तिबारे जानकारी दिएका छन् । उनीहरुले लेखेका छन्, ‘अगस्ट २० तारिखमा हामीले सुन्दर बच्चालाई स्वागत गरेका छौं । सबै डाक्टर, नर्स, साथी र परिवारलाई धन्यवाद जसले हामी यात्रामा साथ दिनुभयो । यो एउटा यात्राको सुरुवात मात्र हो । हामीलाई लाग्छ, हाम्रो जीवन सधैंको लागि बदलिएको छ ।’

८ मे  २०१८ मा सोनम र आनन्दबीच विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?