+
+

गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ७:२६

५ भदौ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएको बताएकी छन् ।

उनले आज ट्वीट गर्दै सो कुरा बताएकी हुन् । राष्ट्रपति भण्डारीले लेखेकी छन्, ‘गिरिको निधनको खबरले अत्यन्त दुःखी बनाएको छ । उहाँको निधनबाट हामीले एक सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमाएका छौं ।’ उनले गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेकी छन् ।

क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य जटिल बनेको खबर पाएपछि राष्ट्रपति भण्डारी गिरिलाई भेट्न अस्पताल पनि गएकी थिइन् ।

गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?