+
+
Shares

गिरिको निधनबाट राजनीतिमा अभावको अनुभूति भएको छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते ८:०१

५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा अभावको अनुभूति भएको बताएका छन् ।

गिरिको निधनले स्तब्ध बनाएको बताउँदै प्रचण्डले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गिरिको निधनबाट समकालीन नेपाली राजनीतिमा एक गहिरो अभावको अनुभूति गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु ।’ उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गरेका छन् ।

घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।

भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरिको स्वास्थ्यमा समस्या बढेपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो ।

गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?