+
+

युरो कप बास्केटबल भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते २०:०४

५ भदौ, काठमाडौं । युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ ।

प्रतियोगितामा केटातर्फ १८ तथा केटीतर्फ १२ गरी ३० टिमको सहभागिता रहने युरोकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् । दुवै समूहमा सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्रतियोगिता संयोजक डिकेश प्रधानले जानकारी दिए ।

आचार्यले विद्यार्थीमा रहेको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताउदै यु–१७ उमेरसमूहमा प्रतिस्पर्धा हुने बताइन् ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताका खेलहरु हात्तीगौडास्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ । पत्रकार सम्मेलनमा युरोकी भाइस प्रिसिपल एन्जिला तामाङ, स्कुल प्रमुख एलेक्स एलेसनलगायतको उपस्थिति थियो । फाइनल भदौ १३ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?