+
+

ह्वावेको क्षेत्रीय सिड्स फर द फ्युचर कार्यक्रम थाइल्याण्डमा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ५ गते २०:२६

काठमाडौं । ह्वावेले आसियान फाउन्डेशन र थाइल्याण्डको पर्यटन अथोरिटिसँगको सहकार्यमा सिड्स फर द फ्युचर २०२२ सुरु गरेको छ । १९ अगस्टदेखि सुरु भएको कार्यक्रम २७ अगस्टसम्म सञ्चालनमा हुनेछ । थाइल्याण्डमा सुरु भएको कार्यक्रमले एसिया प्यासिफिक क्षेत्रका १६ देशका १२० उत्कृष्ट विद्यार्थीहरूलाई ९–दिने डिजिटल बुट क्याम्पका लागि एकै ठाउँमा ल्याउने जनाएको छ ।

सहभागीहरूले प्रविधि र क्रस–कल्चुरल अनुभवमा धेरै ज्ञान प्राप्त गर्ने जनाएको छ । ‘टिच फोर गुड’ परियोजनाहरू मार्फत सामाजिक समस्याहरूलाई सम्बोधन गर्न प्राविधिक सोलुसनहरूको प्रस्ताव राख्ने उल्लेख छ । यस वर्ष १२० सहभागीहरूमध्ये ५६ जना महिलाहरू छन् ।

ह्वावे र आसियान फाउन्डेशन सन् २०२१ मा एओयुमा हस्ताक्षर गरेदेखि एसिया प्यासिफिक सिड्स फर द फ्युचर २०२२ ले पहिलो पटक यो कार्यक्रम आयोजना गरेको जनाएको छ । यस वर्षको कार्यक्रममा ‘टी.ए.टी’ ले पनि बैंककको सांस्कृतिक भ्रमणमा सहभागीहरूलाई होस्टिंग गरेर महत्त्वपूर्ण योगदान दिने जनाएको छ ।

थाइल्याण्डका उपप्रधानमन्त्री तथा वाणिज्यमन्त्री जुरिन लक्सानाविसिटले वर्तमानमा बदलिंदो प्रवृत्तिहरूसँगै अगाडि बढ्न, सार्वजनिक र निजी क्षेत्रहरू ‘आईसीटी’ कर्मचारी वृद्धि गर्न मिलेर काम गरिरहेको बताए । उनले व्यक्तिगत रूपमा, ह्वावे जस्तो लिडिङ कम्पनीहरूसँगको सह–प्रशिक्षणले शिक्षाको गुणस्तरमा ठूलो वृद्धि ल्याउने र अर्थतन्त्रलाई अन्तर्राष्ट्रिय स्तरमा लाने लक्ष्यका साथ डिजिटल विकासलाई अगाडि बढाउने उत्कृष्ट कदम भएको बताए ।

आसियानका महासचिव दातो लिम जोक होइले डिजिटल आसियानको निर्माणमा डिजिटल प्रतिभा ड्राइभिंग र्फोसको रुपमा रहने बताए । निजी क्षेत्रले यो भिजनलाई साकार पार्न अग्रगामी भूमिका खेल्न उनको भनाइ छ ।

आसियान फाउन्डेसनकी कार्यकारी निर्देशक डा. याङ मी इङ्गले डिजिटल अर्थतन्त्रको वृद्धि यस क्षेत्रका युवाहरूको सहभागितामा निर्भर गर्ने बताइन् ।

ह्वावे एशिया प्यासिफिकका अध्यक्ष सिमोन लिनले ‘सीड्स’ ले आशा, जोश र भविष्यलाई प्रतिनिधित्व गर्ने र सबैभन्दा लामो इतिहास भएको कर्पोरेट–स्तरको फ्ल्यागशिप परियोजनाको रूपमा यो कार्यक्रम लगभग १४० देश र क्षेत्रहरू, लगभग ५०० विश्वविद्यालयहरूबाट १२,००० भन्दा बढी विद्यार्थीहरू ल्याइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?