+
+

गिरिको निधनमा शोक प्रस्ताव पारित गरेर संसद बैठक सकिने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते ७:३६

६ भदौ, काठमाडौं । आजको संसद बैठक नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । दिउँसो १ बजे बस्ने बैठकमा सभामुख अग्नि सापकोटाले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ ।

प्रतिनिधि सभा सदस्य एवम् समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति साढे ९ बजे मेडिसिटी अस्पतालमा निधन भएको थियो । उनको आइतबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?