+
+

मोरङमा २ वटा पेस्तोलसहित २ युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १०:३६

६ भदौ, विराटनगर । भारतबाट बेच्न भनेर नेपाल ल्याइएका पेस्तोल र रिभल्बरसहित एक जनालाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) सिक्टी मोरङको टोलीले पक्राउ गरेको छ । उक्त हतियार किन्न खोज्ने अर्का एक व्यक्तिलाई पनि सशस्त्र प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनवर्षी नगरपालिका–८ का २८ वर्षीय आरिफ आलम र उर्लाबारी नगरपालिका–६ बस्ने २९ वर्षीय नविन धिमाल रहेका छन् ।

बीओपी सिक्टी मोरङका सशस्त्र प्रहरी निरीक्षक नम प्रभाव राई नेतृत्वको टोलीले उनीहरुलाई हतियारसहित पक्राउ गरी रंगेली प्रहरीमा बुझाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक राई नेतृत्वको टोलीले भारतबाट नेपालतर्फ आइरहेको मोटरसाइकलमा सवार आलमलाई शंका लागेर खानतलासी गर्दा सोमबार साँझ ५ बजे उनको साथबाट अटोमेटिक चाइनिज पेस्तोल र रिभल्बर सिक्सर एक–एक थान बरामद भएको थियो ।

उनलाई नियन्त्रणमा लिएर बीओपीमा ल्याएर सोधपुछ गर्दा हतियार बेच्न नेपाल आएको खुलेको थियो । त्यसपछि ती हतियार किन्न खोजेका अर्का व्यक्ति नविन धिमाललाई राति ८ बजे मोरङको डाम्रभिटा भन्ने स्थानबाट सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेको थियो ।

धिमालले प्रयोग गरेको को २२प ६७०७ नम्बरको मोटरसाइकल, ४७ हजार ७७० रुपैयाँ र दुई थान मोबाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ ।

यसै गरी सशस्त्र प्रहरी बल नेपाल बीओपी बनैनियाले आइतबार नै सप्तरी जिल्लाको राजगढ नगरपालिका-२ बनैनिया सीमा इलाकाबाट एउटा कटुवा पेस्तोल
तथा सोको एउटा गोली बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देख्ना साथ उनीहरूले बोकेको शंकास्पद बस्तु छाडी फरार भएपछि सो बस्तु जाँच गर्दा पेस्तोल र गोली भएको पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?