+
+

जुम्लामा ‘प्रकाश’को विश्व प्रिमियर, प्रदीपलाई गाउँलेको भव्य स्वागत (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते ११:१९

काठमाडौं । पहिलोपटक जुम्लामा कुनै नेपाली फिल्मको विश्व प्रिमियर गरिएको छ । भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको ‘प्रकाश’ले छायांकन थलोमै प्रिमियर गरेको हो ।

जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा फिल्म प्रदर्शन गरियो । निर्माता महेन्द्र अधिकारीका अनुसार ६०० जना गाउँलेले फिल्मको मजा लिए ।

प्रिमियरमा पुगेका अभिनेता प्रदीप खड्का र पटकथा लेखक विकास सुवेदीलाई गाउँलेले भव्य स्वागत पनि गरे । त्यसअघि फिल्मले जुम्लामै पत्रकार सम्मेलन पनि आयोजना गर्‍यो । कलाकारको स्वागतमा गाउँले झाँकी समेत निकालेका थिए ।

‘आफ्नै गाउँठाउँको कथासँग गाउँलेले मजा लिए । फिल्मसँग उनीहरुले अपनत्व महसुस गरेका पायौं,’ अधिकारीले भने, ‘हामीलाई फेरि पनि कर्णालीमा गएर फिल्म खिच्न लालयित बनाएको छ ।’

जुम्लेली दर्शकले मन पराएपछि सहरका दर्शकले पनि फिल्म रुचाउने निर्माता अधिकारी आशा लिए । जुम्लामै सुटिङ भएको प्रदीप खड्का, रेणु योगी र दीया मास्के स्टारर फिल्मले सामाजिक र आर्थिक विपन्नताको बाबजुद शिक्षक बन्न मुख्य पात्रले गर्ने संघर्षको कथा पेश गर्छ । दिनेश राउत निर्देशित फिल्म भदौ १० गते नेपालसहित विश्व बजारमा प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?