+
+

एउटै घोषणापत्रमा चुनाव लड्न प्रचण्ड र माधव नेपाल सहमत

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १३:३८

६ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकताका लागि संयोजन समिति बनाउने सहमति भएको छ ।

एकीकृत समाजवादीले पार्टी एकता समायोजन समिति बनाउने निर्णय गरेपछि माओवादी केन्द्रसँग पहिलो पटक वार्ता भएको थियो ।

प्रचण्डको एक नातेदारको हात्तिवनस्थित घरमा भएको भेटमा छिट्टै पार्टी एकता संयोजन समिति बनाउने समहति भएको एक नेताले जानकारी दिए ।

बैठकमा आगामी प्रदेश र प्रतिनिधि निर्वाचनमा एउटै चुनावी घोषणापत्र लिएर जान समेत दुवै दल सहमत भएका छन् ।

२०७४ मा वाम गठबन्धन गरेको एमाले र माओवादी केन्द्रले पनि एउटै चुनावी घोषणा पत्र बनाएका थिए ।

आउँदो चुनावी रणनीति, सिट बाँडफाँट, कांग्रेससँगको तालमेल, अरु दलसँगको गठबन्धनलगायत विषयमा कुराकानी भएको थियो ।

भेटमा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?