+
+

सप्तरीमा कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १४:०७

६ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर-२ बनैनियाबाट एक थान कटुवा पेस्तोल बरामद गरेको छ । पेस्तोलसँगै एक राउण्ड ८ एमएमको गोली पनि बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

बनैनिया बोर्डर ईलाका स्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी)बाट सशस्त्र प्रहरी सहायक प्रहरी निरीक्षक तुलसी राम काकीको नेतृत्वमा ५ जनाको गस्ती टोलीले सरप्राइज चेक प्वाइन्ट थापेको थियो ।

चेकजाँच गर्ने क्रममा आइतबार भारतीय सीमाबाट नेपालतर्फ आउँदै गरेका २ जना अपरिचित व्यक्तिहरुले सशस्त्र प्रहरीको टोलीलाई देख्ने बित्तिकै शंकास्पद वस्तु फालेर फरार भागेका थिए ।

खोजतलाशको क्रममा १ थान कटुवा पेस्तोल र त्यसमा लाग्ने ८ एमएमको एक राउण्ड गोली फेला परेको सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब उपरीक्षक (डीआईजी) गणेश ठाडा मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?