+
+

१६ भदौदेखि गौतमबुद्ध विमानस्थलमा जजिराको दैनिक उडान

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले १६ भदौदेखि दैनिक उडान गर्ने भएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ ७ गते १९:१३
फाइल तस्वीर

७ भदौ, काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अब दैनिक अन्तर्राष्ट्रिय उडान हुने भएको छ । अहिले साताको तीन उडान गरिरहेको जजिरा एयरवेजले १ सेप्टेम्बर (१६ भदौ) देखि दैनिक एक उडान गरी सातामा उडान संख्या सात पुर्‍याउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

‘गौतमबुद्धमा यात्रुको उपलब्धताबाट उहाँहरु उत्साहित हुनुहुन्छ,’ उनले भने, ‘सोही अनुसार उडान थप हुन लागेको हो ।’

जजिराले गौतमबुद्ध विमानस्थलमा उडान गरिरहेको छ । जजिराले कुवेतबाट काठमाडौं र भैरहवा दुबै विमानस्थलमा नियमित उडान गरिरहेको छ ।

यो विमानस्थलमा अर्को महिनाबाट वीज एयरले आवुधावीबाट सिधा उडान गर्ने गरी अनुमति लिइसकेको छ । प्रवक्ता निरौलाका अनुसार अक्टोवरबाट भने सो कम्पनी भैरहवामा आउने छ । यी दुई बाहेक अन्य कम्पनी भने तत्काल पाइपलाइनमा छैनन् ।

नेपालको वर्षायाम सकिएपछि पर्यटकीय सिजन प्रारम्भ हुन्छ । त्यसपछि भने नयाँ कम्पनीहरु आकर्षित हुन सक्ने अपेक्षा प्राधिकरणका अधिकारीहरुको छ ।

एयर चाइनालाई उडान थप्न आह्वान

यता, प्राधिकरणका अधिकारीहरुले एयर चाइनालाई नेपालमा उडान बढाउन समेत आह्वान गरेका छन् । प्रवक्ता निरौलाका अनुसार चीनमा हिमालय एयरलाइन्सको उडानलाई प्रतिवन्ध लगाएसँगै नेपालबाट चीन जाने र चीनबाट नेपाल आउने यात्रु समस्यामा परेका छन् । सोहीकारण मौखिक रुपमा एयर चाइनालाई उडान थप्न आह्वान गरिएको हो । ‘यात्रु पर्याप्त भएकाले यहाँ उडान थप गर्नुहोस् भनी मौखिक आह्वान भएको छ’ उनले भने ।

चीनमा नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले उडान बढाउन नसक्दा समेत यो रुटमा विदेशी एयरलाइन्सको भर पर्नुपर्ने बाध्यता रहेको छ । साविकमा भारतपछि धेरै पर्यटक आउने मुलुकमा चीन पर्छ । यस बाहेक अन्य कम्पनीबाट भने नेपाल उडानलाई कुनै अनुमति माग नभएको उनले जानकारी दिए ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?