+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सुकेधाराबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते १७:३३

८ भदौ, काठमाडौं । प्रहरीले बैंकिङ कसूर मुद्दाका एकजना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पूर्वी रूकुमको सिस्‍ने गाउँपालिका -५ सिस्ने घर भई हाल काठमाडौं-१३ बाफल बस्‍ने ३१ वर्षीय अर्जुन बुढाथोकी रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सुकेधाराबाट पक्राउ गरेको हो ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले उनीमाथि १ करोड१९ लाख ४ हजार रुपैयाँ जरिवाना र २४ दिन कैद सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?