+
+

डडेल्धुराको प्रदेशसभा ‘ख’ मा एकीकृत समाजवादीको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ८ गते २०:२३

८ भदौ, धनगढी । सत्तारुढ गठबन्धनमध्‍येका दल एकीकृत समाजवादी पार्टीले डडेल्धुरामा अगामी निर्वाचनमा प्रदेशसभा ‘ख’ मा दाबी गरेको छ ।

प्रदेश र प्रतिनिधिसभाका अन्य दुई वटा क्षेत्र छाडेर भए पनि प्रदेशसभा ‘ख’ अनिवार्य रुपमा पाउनुपर्ने शर्त एकीकृत समाजवादीले अघि सारेको हो ।

गठबन्धनले उक्त क्षेत्र समाजवादी पार्टीलाई नदिएको अवस्थामा विद्रोह गर्ने चेतावनीसमेत दिइएको छ ।

एकीकृत समाजवादी पार्टीको जिल्ला सचिवालय बैठकले अगामी चुनावमा उम्मेदवार बन्न आकांक्षी देखिएकाहरुको नाम बुधबार प्रदेश कमिटिमा सिफारिस गरेको
जिल्ला सचिव भुवन पाठकले बताए ।

उनका अनुसार बुधबारको सचिवालय बैठकबाट निर्णय गरेर प्रदेशसभा सदस्यका दुई सिटका लागि प्रदेशसभा ‘क’ बाट ३ जना र प्रदेशसभा ख बाट ४ जनाको नाम प्रदेश कमिटिलाई सिफारिस गरिएको छ भने प्रतिनिधिसभातर्फ पनि ६ जना आकांक्षीको नाम सिफारिस गरिएको छ । यद्यपि उनीहरुको नाम भने खुलाइएको छैन ।

स्रोतका अनुसार प्रतिनिधिसभामा वर्तमान सांसद समेत रहेकी निरादेवी जैरु, नरबहादुर विष्टसहितका ६ जना सिफारिसमा परेका छन् ।

एकीकृत समाजवादीले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा क छाडेको अवस्थामा जसरी पनि पाउनुपर्ने दाबी गरेको प्रदेशसभा ‘ख’ मा भने पार्टीका केन्द्रीय सदस्य समेत रहेका उद्यमशिलता विभाग प्रमुख डा.ताराप्रसाद जोशीको नाम पनि सिफारिसमा परेको छ ।

समाजवादीले गठबन्धन गरेर जाने अवस्थामा बरु प्रतिनिधिसभा र प्रदेशसभा ‘क’ छाड्ने यो क्षेत्र भने जसरी पनि पाउनुपर्ने दाबी गरेको छ ।

भागबण्डाका क्रममा प्रदेशसभा ‘ख’ नपाएको अवस्थामा विद्रोह गर्ने पार्टीको जिल्ला कमिटिमा आन्तरिक सहमती भएको एक सचिवालय सदस्यले जानकारी दिए । यहाँ पार्टीका केन्द्रीय सदस्य जोशीले नै टिकट पाउने प्रबल रहेको स्रोत बताउँछ ।

‘भागबण्डाका क्रममा प्रदेशसभा ‘ख’ नपाएको अवस्थामा विद्रोह गर्ने भन्ने किसिमले साथीहरुले कुरा उठाउनुभएको छ तर आधिकारीक निर्णय भएको कुरा भने होइन,’ जिल्ला सचिव पाठकले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?