+
+

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते ८:३८

९ भदौ, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका एक जना सदस्य हिमलाल पुरीले जानकारी दिए ।

कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित रहने छन् ।

आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने निर्णय सत्ता गठबन्धनका दलहरुले गरे पनि सिट बाँडफाँट टुंगो लगाउन सकेका छैनन् ।

सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदललाई साउन महिनाभित्र सिट बाँडफाँटको प्रस्ताव ल्याउन भनिए पनि कार्यदलले निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्न सकेन । त्यसपछि भदौ पहिलो साताभित्रै काम सक्ने भनिए पनि त्यो समय पनि गुज्रिसकेकाले नेताहरु दबाबमा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?