+
+

मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १३:०२

९ भदौं, काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री परिवर्तनको प्रयास असफल भएको छ । मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा दिन निर्देशन दिएका जनता समाजवादीका पार्टीमा अध्यक्ष उपेन्द्र यादव नै निर्देशनबाट पछि हटेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको पार्टी जनता समाजवादीका प्रवक्ता मनिष सुमनले पनि सरकार परिवर्तनको प्रयास असफल भएको स्वीकार्छन् । उनले अनलाइनखबरसँग भने, ‘चुनाव घोषणा भइसकेकाले मुख्यमन्त्री र मन्त्रीहरु हेरफेर सहज देखिएन, तत्काललाई केही नहुने भयो ।’

४ मंसिरको चुनाव घोषणा भएइसके पछि केही दिनअिघ अध्यक्ष यादवले राउतलाई राजीनामा गर्न निर्देशन दिएका थिए । तर राउतले राउतले राजीनामा दिएका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?