+
+

नक्सा र डोजर लिएर अल्फाबिटा पुगे मेयर बालेन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १५:४४

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् ।

अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए ।

कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी लिएर अल्फाबिटा पुगेका छन् ।

त्यसपछि भने अल्फबिटाका प्रतिनिधिको बोली फेरियो । उनले मेयर बालेनलाई भने, ‘नक्सा लिएर आउनुभयो, टाइम दिनु्स् ।’

तर बालेनले अवैधानिक रुपमा बनाइएको फर्मेसी हटाउन र पार्किङ खोल्न थाल्न आग्रह गरेका छन् ।

भिडियो हेर्नुहोस् :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?