+
+

बुबाको मुख हेर्ने दिन सानिमा बैंकको विशेष छुट योजना

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ९ गते १९:२४

काठमाडौं । सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा विशेष छुट दिने भएको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामाहोटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइक फार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकको डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ (क्यूआर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस्तै कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङको क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना ११ भदौ २०७९ एक दिन मात्र लागू हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?