+
+

बालेनको डोजर कारबाही आजसम्म, भोलिदेखि महानगरको टिम जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १३:३८
फाइल तस्वीर

१० भदौ, काठमाडौं । पार्किङ क्षेत्रसमेत हडपेर व्यापार गरिरहेका क्षेत्रमा काठमाडौंका मेयर बालेन तीन दिनयता आफैं उपस्थित छन् । नक्सा बोकेर घरधनी तथा पसलेहरुसँग उनी बहस गरिरहेको देख्न सकिन्छ । हजारौं घरहरुमा एउटै व्यक्ति पुग्न कति समय लाग्ला भन्ने प्रश्नहरु उठिरहेका छन् । बालेनले यसको जवाफ दिएका छन् ।

‘मेयर आज राहदानी विभागसम्म डोजर लिएर जाने हो, भोलिदेखि आफैं हिँड्ने योजना छैन,’ मेयर बालेनको सचिवालयले अनलाइनखबरलाई जानकारी दियो, ‘यो त एउटा राजनीतिक सन्देश हो, कतिपयले पपुलिज्म भनेजस्तो होइन ।’ डोजर लैजाँदा कतै संवेदनशील परिस्थिति देखापरेको अवस्थामा भने मेयर जान सक्‍ने उनको सचिवालयले जानकारी दिएको छ ।

कतिपय घरधनीहरुले महानगर मेयरजस्तो पदमा बसेर विधिप्रक्रिया मिच्न नहुने बताइरहेकोमा टिम बालेनले आफ्नो ध्यानाकर्षण भएको बतायो । विधिप्रक्रियाको सम्मान गर्न खोज्दा नर्भिक अस्पतालमा ठूलै शक्तिको चलखेल देखिएकोतर्फ सबैले ध्यान दिन सचिवालयले अनुरोध गरेको छ ।

‘हामीले अहिले पार्किङ स्थल मिच्दा नागरिकले पाइरहेको दुःखतर्फ बढ्ता ध्यान दिएको हो, यसका लागि कानुनविद् र कानुनी सल्लाहकारहरुसँग पर्याप्त परामर्श गरेका छौं,’ बालेनका निकट सहयोगीले टेलिफोनमा भने, ‘लडहबाजीमा उत्रिएको आरोप लगाउन आवश्यक छैन ।’

डोजर लगेर पार्किङ स्थलको सुनिश्चितता गर्ने अभियान भने नरोकिने मेयर बालेनको सचिवालय बताउँछ । यसका साथै सबै ठाउँमा आफैं पुग्न सम्भव नभए पनि सुरुमा सन्देश दिनका लागि मेयर आफैं हिँडेको, अब डोजर लिएर टिम निरन्तर अघि बढ्‍ने भन्दै उनीहरुले त्योभन्दा अघि स्थानीय घरबेटी आफैं सचेत भएर विधिप्रक्रिया पालना गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?