+
+

बुबाहरुलाई समर्पित गर्दै सुरेन गौतमले ल्याए ‘बा आकाश हुन्’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १६:५३

काठमाडौं । बुबाको मुख हेर्ने दिनको छेको पारेर गायक सुरेन गौतमले ‘बा आकाश हुन्’ गीत सार्वजनिक गरेका छन् । समस्त बुबाहरुलाई समर्पित गरिएको गीतलाई तुलसी बस्नेतले लेखेका हुन् ।

गीतमा सन्देश श्रेष्ठको संगीत र दिनेश श्रेष्ठको एरेन्ज रहेको छ । गीतको भिडियोलाई सुरज केसीले खिचेका छन् भन् विष्णुहरि तिमिल्सिनाको सम्पादन छ ।

गायक गौतमले यसअघि पनि रेशमी पर्दाले छेकेन, छेक्यो डाँडा कुहिरोले, आमाको अर्थ, पिरती लरि लै, सधैं सधैं दगायत गीत रिलिज गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?