+
+

मुख्यमन्त्री केसीले भने : चुनावअघि नै राजधानी दाङमा स्थानान्तरण हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १० गते १९:४२

१० भदौ, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम)ले चुनाव अघि नै प्रदेश राजधानी दाङमा स्थानान्तरण गर्ने बताएका छन् ।

पूर्वाधार विकास प्राधिकरणको जग्गा एकीकरण आयोजनाको देउखुरीस्थित मुख्य कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले आफ्नै कार्यकालको अन्त्यसम्म राजधानी स्थानान्तरण गरिसक्ने बताएका हुन् ।

उनले राजधानी निर्माणको लागि कार्य विधि पारित भई प्रदेश सभा भवन बनिसकेको र राजधानीको गुरुयोजना निर्माण भईसकेको भन्दै अब छिट्टै स्थानान्तरण हुने बताए । ‘राप्ती उपत्यकामा राजधानी तोक्नका लागि सदनमा ठूलो संख्या विपक्षमा थियो । तर पनि तत्कालीन मुख्यमन्त्रीसँगै म कानुन मन्त्रीको हैसियतले यो काम सहज बनायौं,’ उनले सम्झिए ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि राजनीतिक दल, स्थानीय जनप्रतिनिधि र सबैले सहयोग गरेर आफ्नो राजधानीको सपना पूरा गर्ने कार्यमा लाग्न सबैलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?