+
+

श्रीमतीको हत्या आरोपमा झापामा एक जना पक्राउ   

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १२:५९

११ भदौ, बनियानी (झापा) । झापाको झापा गाउँपालिकामा एक व्यक्ति श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  झापा गाउँपालिका-६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दा रहेका छन् । उनले  शुक्रबार राति १०: १० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?