+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

नागरिकता विधेयकको विषय लिएर लोसपा नेताहरुले भेटे राष्ट्रपति

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ११ गते १८:१५

११ भदौ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

शनिबार शीतलनिवासमा भएको भेटमा लोसपाका नेताहरुले नागरिकता विधेयकबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । उनीहरुले भनेका थिए, ‘कुनै पनि बोनाफाइड (वास्तविक) नेपाली नागरिकलाई राज्यविहीनताको अवस्थामा राखिनुहुन्न ।’

राष्ट्रपतिलाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झालगायतका नेताहरु शीतलनिवास पुगेका थिए ।  प्रतिनिधिसभाले पारित गरेको नागरिकता विधेयकमा भएका विषयवस्तु, अध्यादेशका रुपमा राष्ट्रपतिले पनि जारी गरिसकेको भन्दै उनीहरुले धेरै चिन्ता गर्नु नपर्ने बताएका थिए ।

जवाफमा राष्ट्रपति भण्डारीले नागरिकता कुनै ठाउँ/क्षेत्र विशेषको नभई राष्ट्रिय समस्या भएको र यसको स्थायी समाधान खोज्नुपर्नेमा जोड दिएकी छन् । ‘उहाँले सकारात्मक कुरा नै गर्नुभएको छ’, छलफलमा सहभागी लोसपाका नेता जितेन्द्र सोनल भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?