+
+

विवेकशील साझा पार्टीका ७ केन्द्रीय सदस्यले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १५:०८

१२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीका ७ जना केन्द्रीय सदस्यले राजीनामा दिएका छन् । उनीहरुले आइतबार पार्टी कार्यालयमा सामूहिक राजीनामा दिएका हुन् ।

पार्टीले हाल अङ्गीकार गरेको नीति तथा कार्य योजना एकदमै अस्पष्ट र नेतृत्व प्रक्रिया अपारदर्शी रहेको भन्दै उनीहरुले पार्टीले आम नागरिकको अवस्था बदल्ने राजनीतिक कार्यदिशा कार्यान्वयन गर्नेछ भन्नेमा विश्वस्त हुन नसकेको बताएका छन् ।

पार्टीको संस्थापक केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य विराजभक्त श्रेष्ठ, केन्द्रीय सदस्य जमुना शर्मा, राज्यलक्ष्मी श्रेष्ठ, रोशनी अधिकारी, सस्मित पोखरेल, श्रीकृष्ण श्रेष्ठ र सुदन मानन्धरले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?