+
+

काठमाडौंका ३२ वटै वडामा एमडीजीपी डाक्टर र इन्जिनियर राख्ने बालेनको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १६:३२

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले ३२ वटै वडामा एमडीजीपी डाक्टर र नर्स राख्ने प्रस्ताव गरेका छन् ।

आइतबारको नगर कार्यपालिका बैठकमा उनले ३२ वटै वडामा वडा क्लिनिक सञ्चालनका लागि ३२ जना एमडीजीपी डाक्टर र ३२ जना नर्स करार सेवामा राख्ने प्रस्ताव गरेका हुन् ।

मेयर बालेनले वडा क्लिनिकमा एमबीबीएस गरेको डाक्टर भन्दा जनरल फिजिसियन डाक्टर राख्न सकेमा स्वास्थ्यसम्बन्धी सरसल्लाह लिन, उपचार गर्न र कुनै समस्याको तत्काल उपचार गर्न सजिलो हुने बताए ।

त्यस्तै काठमाडौं महानगरपालिकाको वडाहरुमा हुने विकास निर्माण कामको अनुगमनका लागि ३२ वटै इन्जिनियर राख्ने प्रस्ताव पनि मेयर साहले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?