+
+

दाङमा भरुवा बन्दुकसहित १ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १७:३६

१२ भदौ, दाङ । दाङमा भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका-१ कटरूवा बस्ने ४२ वर्षीय रामबहादुर चौधरी रहेका छन् ।

उनलाई शनिवार गढवा प्रहरीले ज्योती सामुदायिक वनमा सिकार खेल्न गएको समयमा पक्राउ गरेको हो ।

चौधरीकौ साथबाट प्रहरीले लोड गरिएको एक थान भरुवा बन्दुक, १२६ वटा फलामको छर्रा र १९ वटा गोलीसँगै २०० ग्राम बारूद बरामद गरेकाे छ ।

उनी माथि आबश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?