+
+

काठमाडौं महानगरपालिकाले फुड इन्सपेक्टर राख्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:२०

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य पदार्थको अनुगमन गर्न खाद्य निरीक्षक (फुड इन्सपेक्टर) राख्ने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ४ देखि ५ जना खाद्य निरीक्षक राख्ने निर्णय गरेको छ । बैठकमा मेयर बालेन साहले फुड टेक्नोलोजीमा स्नातकोत्तर गरेका ४ देखि ५ जना फुड इन्सपेक्टर राख्ने प्रस्ताव गरेका थिए । जसलाई कार्यपालिका बैठकले अनुमोदन गरेको हो ।

खाद्य निरीक्षकले मासु पसल र खाद्य पदार्थको पसलहरु अनुगमन गर्नेछ ।

बैठकले काठमाडौं महानगरपालिकाले ५ जना कानुनी सल्लाहकार राखेको छ । मेयर बालेनले डिना श्रेष्ठ, शंकर पुडासैनी, ओमप्रकाश अर्याल, महेश नेपाल र कुमारी खरेललाई कानुनी सल्लाहकारमा प्रस्ताव गरेका थिए ।

महानगरका प्रवक्ता नविन मानन्धरले मेयर, उपमेयर र वडाध्यक्षको छलफलबाट कानुनी सल्लाहकारको नाम छनोट गरिएको जानकारी दिए । यसअघि महानगरले ४ जना कानुनी सल्लाहकार राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?