+
+

धनगढीमा टीभीएसको एओजी राइड 

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १२ गते १९:३६

काठमाडौं । टीभीएसले धनगढी क्षेत्रका ग्राहक लक्षित ‘आपाचे ओनर ग्रुप’ (एओजी) राइड संस्करणको आयोजना गरेको छ । एओजी राइड नगढीको बागेश्वरी अटोमोटिभ्सदेखि स्टेट ७ होटल गोदावरीमा पुगेर सम्पन्न भएको थियो । उक्त राइडमा ४० जना राइडरको सहभागिता रहेको थियो ।

एओजी राइडमा सहभागी राइडरहरुले धनगढी क्षेत्रमा एओजी राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । राइडका क्रममा सडक सुरक्षा सम्बन्धी थप जानकारी पाएको सहभागीहरुले बताए ।

नेपालको चर्चित एवं पर्यटकीय स्थल धनगढीमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य भएको भन्दै उनीहरुले आगामी दिनमा पनि यसखालको कार्यक्रम आयोजना हुनेमा विश्वस्त रहेको बताएका थिए ।

टीभीएसले हालसम्म काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी र नारायणी च्यापटरमा एओजी राइड सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?