+
+

कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १४:०८

१३ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका दुई नेता मन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा कृष्णा शाह र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा रातो कामीलाई सोमबार नियुक्त गरेका हुन् ।

नवनियुक्त दुई मन्त्रीको नाम प्रदेश प्रमुखको कार्यालयमा पठाइएको छ । प्रदेश प्रमुख तिलक परियारले नव नियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै दिउँसो तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अर्थमन्त्रीमा नियूक्त शाह जाजरकोटबाट सामानुपतिक सांसद हुन् भने कामी रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

माओवादीले प्रदेश सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?