+
+

नेपाली विद्यार्थीको सिकाइका लागि प्लेटफर्म दिन ह्वावे सक्षम हुनेछ : जेसन ली

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १३ गते १७:०८

काठमाडौं । ह्वावे बंगलादेश र नेपाल प्रतिनिधि कार्यालयका सहायक बोर्ड निर्देशक जेसन लीले नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजर र सिकाइका लागि प्लेटफर्म दिन कम्पनी सक्षम हुने बताएका छन् ।

सिड्स फर द फ्युचर २०२२ को उद्घाटन गर्दै उनले सिड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत नेपालका प्रतिभाशाली विद्यार्थीहरूलाई यस्तो प्लेटफर्म दिन सक्षम हुने बताएका हुन् ।

उनले भने, ‘यस वर्ष छनोट भएका ७ जना विद्यार्थीले भविष्य निर्माणमा प्रविधिले खेलिरहेको भूमिका फस्ट-ह्यान्ड हेर्न सक्नेछन् । मलाई आशा छ कि उनीहरू फर्किएपछि उनीहरूले आफूले सिकेको कुरा आफ्ना साथीहरूलाई सिकाउने छन् ।’

यस वर्ष नेपालबाट ७ जना प्रतिभाशाली विद्यार्थीहरूलाई थाइल्याण्डमा रहेको पहिलो क्षेत्रीय अनसाइट कार्यक्रममा पठाउन पाउँदा खुसी लागेको उनले बताए ।

टेक४गुड प्रतियोगितामा उतकृष्ट विचार प्रदर्शनका लागि छनोट भएका विद्यार्थीहरुलाई उनले शुभकामना समेत दिए ।

‘ह्वावेमा डिजिटल प्रतिभाहरू डिजिटल विकासका आधार हुन् । हामीले १७० देश र क्षेत्रहरूमा सक्रिय रूपमा डिजिटल प्रतिभाको विकासलाई बढावा दिइरहेका छौं । मलाई लाग्छ नेपालमा डिजिटल रूपान्तरणको ठूलो सम्भावना रहेको छ । सिड्स फर द फ्युचर जस्ता कार्यक्रमहरू मार्फत डिजिटल प्रतिभाहरूको विकास गर्न योगदान दिने आशा लिएका छौं । यस वर्षको टेक४गुड प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरूले विकास गरेको विचार वास्तविकतामा परिणत होस् ।’

आईसीटी पूर्वाधार र स्मार्ट उपकरणहरूको अग्रणी प्रदायकको रूपमा ह्वावे नेपालमा नयाँ प्रविधिहरू प्रस्तुत गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ ।

हाल सरकारी एजेन्सी, मोबाइल नेटवर्क अपरेटर, इन्टरनेट सेवा प्रदायक र निजी उद्यमहरूसँग काम कम्पनीले काम गरिरहेको भन्दै उनले नेपालका प्रत्येक व्यक्ति, घर र संस्थामा डिजिटल पहुँच पुर्याउने लक्ष्य रहेको उनले बताए ।

सबै आईसीटी सरोकारवालाहरूसँग ब्रोडब्यान्ड कनेक्टिभिटी, डाटा सेन्टरहरू, क्लाउड र कम्प्युटिङ र अन्य नयाँ प्रविधिहरू मार्फत साझेदारी गरेर नेपाली डिजिटल अर्थतन्त्रको जग निर्माण गर्ने आशा कम्पनीले लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?