+
+
मिस युनिभर्स नेपाल सोफिया भुजेलसँग संवाद :

‘संसारमै सबैभन्दा राम्रा मान्छे नेपालमा छन्’

विष्णु शर्मा विष्णु शर्मा
२०७९ भदौ १३ गते १८:०५

काठमाडौं । फलको आशा नगर्नु र कर्म गर्न नछाड्नु भन्ने उखानसँग सोफिया भुजेलको स्वभाव ठ्याक्कै मिल्छ । सन् २०१९ को मिस नेपाल संस्करणमा उनी अन्तिम सातबाटै बाहिरिइन् ।

मिस नेपाल बन्ने सपना रोकिए पनि उनले इमान्दारितालाई भने पूर्णविराम लगाइनन् । बरु त्यसपछि उनको पेजेन्ट करिअरले गति लियो । त्यसपछि उनी ग्लोबल एसियन मोडल २०१९ को फाइनलिस्ट भइन् र मिस इको इन्टरनेसनलको उपाधि पनि उनलाई मिल्यो ।

अहिले भने सोफियासँग विश्वकै प्रतिष्ठित मिस युनिभर्स नेपालको ताज शिरमा छ । मिस युनिभर्स नेपालको ताज जितेपछि अनलाइनखबरसँग कुरा गर्दा सोफिया उत्साहित सुनिइन् । आगामी जनवरीमा अमेरिकामा हुने मिस युनिभर्सको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्वलाई उत्कृष्ट ढंगले प्रस्तुत गर्ने उनको योजना छ ।

‘म यसका लागि आजकै मितिदेखि जुट्नेछु,’ सोफिया भन्छिन्, ‘नेपाली संस्कृतिक, विविधता र सम्पदाबारे सबैलाई थाहा छ । तर म नेपाली मान्छेहरुलाई प्रतिनिधित्व गर्न चाहन्छु । किनभने मलाई लाग्छ कि विश्वमा सबैभन्दा राम्रो मान्छे नै नेपालमा पाइन्छन् ।’

पछिल्लो समय महिलाहरुको आवाज र क्षमतालाई पहिचान गर्ने प्लेटफर्मको रुपमा मिस युनिभर्स विकास भएको उनको भनाइ छ ।

‘म युनिभर्ससँग कनेक्ट यसकारण छु कि यसले सबै महिलालाई आफ्नो क्षमतालाई पहिचान गर्ने प्लेटफर्म दिएको छ,’ उनी भन्छिन्, ‘जहिलेदेखि मिस युनिभर्सलाई समावेशी बनाइयो, म खुसी छु ।’

कतिपय मान्छेहरुले नबुझीकनै सुन्दरी प्रतियोगिताको विरोध गरेकाले त्यसलाई सकारात्मक ढंगले हेर्न पनि उनको आग्रह छ । ‘मलाई नै हेर्नुस् सन् २०१९ मा पेजेन्टमा छिर्दा म लजालु किसिमकी थिएँ, अहिले कन्फिडेन्टले भरिएकी छु,’ उनी भन्छिन् ।

पुस्तक अध्ययनकी स्वभाव भएकी सोफियाको भविष्यको योजना पुस्तक लेखन पनि छ । आफूले अध्ययन गरेका पुस्तकले जीवनप्रतिको दृष्टिकोणलाई ऊर्जा दिएको उनी बताउँछिन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)की फ्यान समेत रहेकी सोफिया राजनीतिमा युवापुस्ताको यो पहिलो कदम भएको बताउँछिन् ।

तस्वीर/भिडियो : शंकर गिरी/अनलाइनखबर

भिडियो सम्पादन : शंकर गिरी

लेखकको बारेमा
विष्णु शर्मा

शर्मा अनलाइनखबर डटकमका उपसम्पादक हुन् । उनी कला-मनोरञ्जन विषयमा लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?