+
+

रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १२:४५

१४ भदौं, रौतहट । आज बिहान रौतहटमा चट्याङ लागेर तीन महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् ।

धान खेतमा बिहान काम गर्न गएको बेला चट्याङ लाग्दा उनीहरूको मृत्यु भएको हो ।

रौतहटको गरुडा नगरपालिका-३ स्थित स्थानीय सरोज सहनीको धान खेतमा काम गर्न गएकी १८ वर्षीया मनिषा कुमारी, ३९ वर्षीया सुदमिया देवी र उनकी १७ वर्षीया छोरी जगिया कुमारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

चट्याङ लागेर घाइते भएकी ४० वर्षीयासहेली देवी सहनीको उपचार भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?