+
+

थप २५७ जनामा कोरोना संक्रमण, ३,१४६ जना संक्रिय संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १६:१०

१४ भदौं, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२१ जनाको परीक्षणमा २५७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४५८ जनाको पीसीआर परीक्षण गर्दा १४३ जना र २ हजार ४६३ जनाको एन्टिजेन परीक्षण गर्दा १४४ जनामा संक्रमण देखिएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार १४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्‍ये २ हजार ९९१ जना होम आइसोलेसनमा रहेका छन् भने १५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६८८पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?