+
+

रोल्पामा ४ दिनदेखि खोलामा वेपत्ता चालकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते १७:३२
फाइल तस्वीर

१४ भदौ, रोल्पा । गत शुक्रबार राति भएको जीप दुर्घटनामा खोलामा खसेर बेपत्ता भएका चालकको शव ४ दिनपछि फेला परेको छ ।

रोल्पाको माडी गाउँपालिका ४ माडी खोलामा भएको जीप दुर्घटना चालक नुवाकोटको ककनी गाउँपालिका–३ का ३१ वर्षका वुद्धिबहादर लामाको शव फेला परेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरीको टोलीले स्थानीय वासिन्दाको सहायतामा खोजतलास गर्ने क्रममा मंगलबार साढे दुई बजे शव भेटेको प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।

शव माडी गाउँपालिका–४ सलमजास्थित माडी खोलाको पश्चिम घटनास्थलभन्दा १ किलोमिटर पश्चिममा घोप्टो परेको अवस्था भेटिएको प्रहरीले जनाएको छ । शव वद्धिबहादुर लामाको रहेको उनका भाइ पर्ने सिद्धार्थ तामाङले सनाखत गरेको प्रहरीले जनाएको छ ।

शहीद मार्गको माडी गाउँपालिका–४ सिस्ने बजारवाट घर्ती गाउँतर्फ आउदै गरेको बा ७ च ५००२ नम्बरको उक्त जीप सडकवाट अन्दाजी १०० मिटर तल माडी खोलामा खसेर दुर्घटनाग्रस्त भएको थियो ।

दुर्घटनामा परी जीपका सहचालक पाटन नगरपालिका–४ बैतडीका २२ वर्षका मनोज चन्द घाइते भएका थिए । घाइते चन्दको लुम्बिनी प्रादेशिक अस्पताल वुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शहीद मार्ग सडक आयोजना निर्माण व्यवसायीको उक्त जीप दुर्घटना भएको थियो । दुर्घटना पश्चात स्थानीय र प्रहरीले खोजी कार्य जारी राखेका थिए । दुर्घटना के कति कारणले भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?