+
+

अफगानिस्तान एसिया कपको सुपर ४ मा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते ७:५२

१५ भदौ, काठमाडौं । अफगानिस्तान यूएईमा भइरहेको एसिया कप क्रिकेटको सुपर ४ मा पुग्ने पहिलो टिम बनेको छ । समूह बी अन्तर्गत मंगलबार शारजहाँमा भएको आफ्नो अन्तिम खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले हरायो ।

समूहमा लगातार दोस्रो जित निकालेको अफगानिस्तान अपराजित रहेर सुपर ४ मा पुगेको हो । पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई ८ विकेटले पराजित गरेको थियो । अब श्रीलंका र बंगलादेशबीचको खेलको विजेता टिम सुपर ४ मा पुग्नेछ ।

बंगलादेशले दिएको १२८ रनको लक्ष्य अफगानिस्तानले १८.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । अफगानिस्तानका लागि नाजिबुल्लाह जद्रानले आक्रमक ब्याटिङ गर्दै अविजित ४३ रन बनाए । उनले १७ बल खेल्दै एक चौका र ६ छक्का प्रहार गरे । यस्तै इब्राहिम जद्रानले ४१ बल खेल्दै चार चौका मद्दतमा अविजित ४२ रन जोडे । हज्रातुल्लाह जाजईले २३ रन बनाए ।

बंगलादेशका लागि शकिब अल हसन, मोसादेक होसेन र मोहम्मद साइफुदिनले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १२७ रन बनाएको थियो । बंगलादेशका लागि मोसादेक होसेनले ३१ बल खेल्दै चार चौका र उक छक्का मद्दतमा अविजित ४८ रन बनाए । महमुदुल्लाहले २५ रन जोडे ।

अफगानिस्तानका मुजिब उर रहमान र रासिद खानले तीन/तीन विकेट लिए । चार ओभर बलिङ गर्दा मुजिवले १६ र रासिदले २२ रन खर्चिए । एसिया कपमा आज भारत र हङकङबीच खेल हुँदैछ । पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत आजको खेल जित्दै सुपर ४ मा पुग्ने लक्ष्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?