+
+

सन्दीप सीपीएल खेल्न जाँदै, एक दिवसीयमा रोहितले कप्तानी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १४:४३

१५ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग सीपीएल खेल्न वेष्ट इण्डिज जाने भएका छन् ।

पूर्व निर्धारित तालिका अनुसार उनी केन्या भ्रमण छाडेर सीपीएल खेल्न जान लागेका हुन् ।

सन्दीप सीपीएलमा जाने भएपछि केन्यासँगको एक दिवशीय खेलमा रोहितकुमार पौडेलले नेपालको नेतृत्व गर्ने छन् ।

केन्यासँग नेपालले तीन एकदिवसीय खेल खेल्नेछ । पहिलो खेल शुक्रबार हुनेछ

गत सिजन ट्रिनबागो नाइटराईडर्समा अनुबन्ध भए पनि सन्दीपले राष्ट्रिय टिमको खेल भएका कारण सीपीएल गुमाएका थिए । यसपटक उनी जमैका तल्लाजावजमा अनुबन्ध भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?