
फाइल तस्वीर
१५ भदौ, काठमाडौं । घरजग्गा कारोबारमा सम्पत्ति शुद्धीकरणको रकम प्रयोग भएकोबारे अब निगरानी बढाइने भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव (कानुन) धनराज ज्ञवालीका अनुसार दर्ता भएका रियल स्टेटबाहेक अन्यबाट घरजग्गा कारोबार गर्न नपाइने गरी कानुनी प्रावधान गर्न लागिएको छ । सो प्रयोजनका लागि सरकारले केही नेपाल ऐनमा संशोधनको तयारी गरेको छ ।
बुधबार अर्थ समितिमा सचिव ज्ञवालीले यसबारे जानकारी गराएका हुन् । उनका अनुसार सरकारले पर्यटन ऐनमा समेत संशोधन गरी क्यासिनोमा हुने लगानीलाई समेत अब निगरानी गर्ने भएको छ ।
क्यासिनोको निगरानी कमजोर हुँदा अहिले धेरै विकृति देखिएको उनले बताए । हुन्डीको कारोबारमा समेत सरकारले कडा निगरानी गर्ने गरी कानुनी प्रावधान गर्न लागेको उनले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4