+
+

एनसेलले जित्यो नेपालको सबैभन्दा फास्ट मोबाइल नेटवर्कको अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते ११:२६

१६ भदौ, काठमाडौं । एनसेलले नेपालको सबैभन्दा फास्ट मोवाइल नेटवर्कको अवार्ड जितेको छ ।

विश्वको अग्रणी मोबाइल र ब्रोडब्यान्ड नेटवर्क इन्टेलिजेन्स कम्पनी ऊक्लाबाट एनसेल आजियाटा लिमिटेडले जनवरी-जुन २०२२ को लागि एनसेललाई अवार्ड प्रदान गरेको हो ।

एनसेलले आफ्नो मोबाइल डेटाको डाउनलोड र अपलोड गतिमा हासिल गरेको स्पीड स्कोरका आधारमा एनसेललाई यो सम्मान प्रदान गरिएको कम्पनीले जनाएको छ ।

नेपालको फास्टेस्ट मोबाइल नेटवर्कको अवार्ड जित्न योग्य बन्दै एनसेलले डाउनलोडमा १७.३१ एमबीपीएस र अपलोडमा ९.२६ एमबीपीएस गतिका साथ कुल १७.१६ स्पीड स्कोर प्राप्त गरेको थियो । यो स्कोर एनसेलको नेटवर्कमा डाउनलोड र अपलोड गतिका आधारमा निर्क्योल गरिएको हो ।

ऊक्लाले जनवरी देखि जुन २०२२ को अवधिमा इन्टरनेटको गति मापन गर्ने आफ्नो एप स्पीडटेस्ट आईओएस र एन्ड्रोइडमा नेपालका सबै मुख्य मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्कमा आवद्ध रहेका ग्राहकले गरेका कुल १६ हजार ९२९ स्पीडटेस्टलाई तुलना गरेको थियो ।

ऊक्लाका अनुसार, परीक्षण नतिजा देशमा सामान्यतया उपलब्ध सबैभन्दा छिटो मोबाइल गति हासिल गर्न सक्षम भनि पहिचान गरिएका डिभाइसहरूमा लिइएका ‘सबै’ सेलुलर परीक्षणहरू समावेश रहेका छन् ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले अवार्ड पाउनुलाई प्रतिबद्धता बमोजिम सेवा प्रदान गरिरहेको प्रमाणका रुपमा लिएको बताए । ‘फास्टेस्ट मोबाइल नेटवर्कको मान्यता प्रदान गरेकोमा हामी निकै हषिर्त छौं’ उनले भने, ‘यो अवार्ड हामीले आफ्नो प्रतिवद्धता बमोजिम सेवा प्रदान गरिहेका छौं भन्ने प्रमाण हो ।’

ऊक्लाका प्रमुख कार्यकारी अधिकृत डग सटल्सले एनसेललाई नेपालको ‘फास्टेस्ट मोबाइल नेटवर्क अवार्ड’ प्रदान गर्न पाउँदा खुसी लागेको बताए । उनले भने, ‘ऊक्लाद्वारा प्रदान गरिने स्पीडटेस्ट अवार्डहरु विश्वका सबैभन्दा फास्ट र शीर्ष प्रदर्शन गर्ने फिक्स्ड ब्रोडब्याण्ड र मोबाइल सेवा प्रदायकहरुलाई प्रदान गरिने विशिष्ट सम्मानहरु हुन् । यो अवार्ड एनसेलले जनवरी–जुन २०२२ को अवधिमा गरेको उत्कृष्ट प्रस्तुतिको प्रमाण हो र यो अवार्ड उपभोक्ताहरु आफंैले गरेका स्पीडटेस्ट र ऊक्लाको कठोर विश्लेषणमा आधारित छ।’

देशको ८५ प्रतिशत जनसंख्यालाई उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा फोरजीमा पहुँच सुनिश्चित गराउँदै एनसेलले जुन २०१७ बाट संचालन ल्याएको यो सेवा हाल ७० भन्दा बढी जिल्लामा विस्तार गरिसकेको जनाएको छ ।

यसै वर्ष मार्चमा एनसेल ‘एसियन टेलिकम अवार्ड २०२२’ को ‘टेलिकम कम्पनी अफ द इयर’ र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाका लागि ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ अवार्डबाट सम्मानित भएको थियो ।

त्यसैगरी अपि्रल महिनामा काठमाडौंमा आयोजित १४औं एचआर मिट सम्मेलनमा एनसेल ‘एक्सिलेन्स् इन इम्प्लोयर ब्राण्ड अवार्ड २०२२’ बाट सम्मानित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?