+
+

नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपतिको अपमान गरियो : पौड्याल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १६ गते १८:१२

१६ भदौ, काठमाडौं। राष्ट्रियसभाकी सदस्य बिमला राईं पौड्यालले नागरिकता विधेयक सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान गरिएको बताएकी छिन् ।

बिहीबार राष्ट्रियसभामा नागरिकता विधेयकमाथि छलफलमा भाग लिँदै उनले राष्ट्रपतिले उठाएका विषयलाई सम्बोधन नगरि हुबहु विधेयक पारित गर्नुले राष्ट्रपति संस्थाकै अपमान जिकिर गरेकी हुन ।

‘राष्ट्र प्रमुख भनेको कुर्सी हो, त्यो भनेको श्रीमती विद्या भण्डारी ज्यू पनि होइन,’ पौड्यालले भनिन्, ‘यति महत्वपूर्ण संस्थाले ध्यानाकर्षण गराएर यो यो सम्बन्धनमा पुर्नविचार गर्न मैले ध्यानाकर्षण गराएँ, यो कुरामा अझैं धेरै अध्ययन गर भनेपछि केही न केही हामीले विधेयमा संशोधन गर्न सक्नुपर्थ्यो । त्यो नगरौं भनेको एउटा नजिर हामीले फेरि पनि बसायौं–राष्ट्राध्यक्षलाई अपमान गरेको ठानेको छु मैले ।’

राष्ट्रपतिले विधेयक फिर्ता गर्दा पठाएको सन्देश संसदमा टेबुल नहुँदै गठबन्धनका नेताहरुले हुबहु विधेयक पारित गर्ने निर्णय गरेको भन्दै उनले त्यसलाई अहंकारको संज्ञा दिइन् । यसबाट संसद गठबन्धनका नेताको क्लब जस्तो र सभामुख म्यानेजर जस्तो मात्रै भएको आफूलाई लागेको पौडेलको भनाइ थियो ।

‘राष्ट्रपति ज्युको सन्देश आएर टेबुल हुन पाएको छैन् गठबन्धनका नेताहरु बसेर हामी त्यही विधेयक जस्तोको तस्तै पास गरेर पठाउँछौं भनेर निर्णय गर्नुभयो,’ पौड्यालले भनिन्, ‘केही पनि हामी परिवर्तन गर्दैनौं भनेर साह्रै ठूलो घमण्ड, साह्रै ठूलो अहंकार देखाउनुभयो ।’

‘त्यतिबेला मलाई कस्तो लाग्यो हाम्रो संसद त गठबन्धनका नेताहरुको क्लब रहेका कि क्यो हो । अनि सभामुख त त्यो क्लबका म्यानेजर हुन कि क्या हो । उताबाट जे निर्णय हुन्छ, त्यही हुन्छ यहाँ,’ उनले भनिन् ।

विधेयमा थुप्रै संशोधन पर्दा पनि त्यसलाई व्यवास्था गरिएको पोडेलको टिप्पणी थियो । ‘समितिले पनि २२ महिना लगाएर गरेको काम अलिहेको सरकारले फिर्ता गरेर शून्यमा झारिदियो, फेरि नयाँ विधेयक आयो,’ उनले भनिन्, ‘नयाँ विधेयक आउँदा पनि थुप्रै संशोधन परे । धेरै संशोधनको व्यवास्था गर्दै समितिमा पठाइएन । प्रतिनिधिसभामा दफावार छलफल हुन पाएन । राष्ट्रियसभामा पनि दफावार छलपल हुन पाएन । यस्ता थुप्रै त्रुटिहरु भए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?