+
+
फ्राइडे रिलिज :

हलमा ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते ११:२४

काठमाडौं । शुक्रबार हलमा दुई नेपाली फिल्म रिलिज भएका छन् । मल्टिस्टारर फिल्म ‘झिंगेदाउ’ र ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनमा आएका छन् । ‘स्पाइडरम्यान : नो वे होम’को पुनः प्रदर्शन रोकिएको छ ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’ भीमनिधि तिवारीको कथामा आधारित छ । यो सोसल ड्रामा फिल्मले पारिवारिक किचलोको कथा भन्छ । बाहिरियाले आँखा लगाउँदा कसरी परिवार भत्किन्छ भन्ने सन्देश फिल्ममा छ ।

मुकुन भुसाल, केकी अधिकारी र आँचल शर्माको प्रमुख भूमिका रहेको फिल्मको गीत यसअघि नै हिट भइसकेको छ । महालक्ष्मी लक्ष्मीप्रसाद देवकोटाको कृति ‘मुनामदन’मा आधारित फिल्म बनाइसकेका देउजाको यो अर्को कृतिमा आधारित फिल्म हो ।

सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देनको प्रमुख भूमिका छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई लभस्टोरी रुचाउने दर्शकले मनपार्न सक्छन् । बेलायतमा छायांकन गरिएकाले पनि दर्शकका लागि लोकेसन रुचिकर हुन सक्छ ।

प्रदीप खड्का स्टारर फिल्म प्रकाश शुक्रबारदेिख दोस्रो सातामा प्रवेश गरेको छ । वर्ड अफ माउथ बलियो भएकाले फिल्मले दोस्रो साता पनि राम्रो कमाइ गर्ने अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?