+
+

राष्ट्रियसभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १७ गते १६:३९

१७ भदौ, काठमाडौं । राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन भदौ २३ गते हुने भएको छ ।

राष्ट्रिय सभामा रहेका दलहरुका बीचमा सहमति भए अनुसार भदौ २३ गते निर्वाचन गर्ने तय भएको राष्ट्रिय सभाको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभाका विषयगत समितिका सभापति पदहरु कार्यकाल सकिएर २१ फागुन २०७८ मा कार्यकाल विदा भएका थिए । रिक्त राष्ट्रियसभा सदस्य पदमा १२ माघ २०७८ मै नयाँ सदस्य निर्वाचित भएका थिए, उनीहरु राष्ट्रियसभामा क्रियाशील छन् ।

५९ सदस्यीय राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई/दुई वर्षमा एक तिहाइ सदस्यका लागि निर्वाचन हुन्छ । राष्ट्रिय सभाको नियमावलीमा एक तिहाइ सदस्यको पद रिक्त भएपछि समिति पुनर्गठन र सभापति हेरफेर गर्नुपर्ने व्यवस्था छ ।

यस अनुसार समयमै सभापति चयन हुन नसकेको भनी आलोचना भइरहेका बेला दलहरुक बीचमा सभापतिहरुको निर्वाचन भदौ २३ गते गर्ने सहमति जुटेको हो ।

राष्ट्रिय सभामा दिगो विकास तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष पद पनि २१ फागुन २०७८ देखि नै रिक्त छ । तत्कालीन उपाध्यक्ष शशिकला दाहालको कार्यकाल सकिएपछि नयाँ उपाध्यक्ष चयन भएको छैन । तर, यसपटक पनि राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन गर्ने विषयमा दलहरु मौन रहेका छन् । भदौ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन गर्ने विषयमा फेरि पनि दलहरुका बीचमा सहमति नजुटेको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?