+
+

दाङ २ ‘क’ मा एमालेबाट बलिभद्र राना सर्वसम्मत सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १३:०२

१८ भदौ, दाङ । नेकपा एमालेले दाङ क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ मा बलिभद्र रानालाई सर्वसम्मत सिफारिस गरेको छ ।

प्रदेश (क) का संयोजक भानसिङ बुढासहित बसेको बैठकले एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य रानालाई दाङ क्षेत्र नम्वर २ प्रदेश सभा ‘क’ को प्रत्यक्षतर्फ सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको एमालेका घोराही कमिटीका अध्यक्ष भुवन चौधरीले जानकारी दिए ।

राना निर्माण व्यवसायी हुन् । उनी  निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत छन् ।

यसअघि पनि २०७४ सालको प्रदेशको चुनाबमा पनि राना एमालेबाट सिफारिसमा परेका थिए ।

दाङ निर्वाचन क्षेत्र न. २ एमालेका महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?