+
+

मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता झाले दिए राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १८ गते १३:३६

१८ भदौ, जनकपुरधाम । मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले शनिबार पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा बुझाएको झाले जानकारी दिए । मधेश सरकार गठन भएपछि मुख्य न्यायाधिवक्ता बनेका उनी लगातार पाँच वर्ष यो पदमा रहेका छन् ।

राजीनामा दिएका झा महोत्तरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाको तयारी गर्दैछन् । झा शनिबार नै जनता समाजवादी पार्टीमा प्रवेश गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टी प्रवेश गराउन लागेको झाले जानकारी दिए ।

२०७४ को निर्वाचनमा महोत्तरी-३ बाट लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?