+
+

जापानमा नेपाल महोत्सव, कांग्रेस नेता रिजालले गरे उदघाटन

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते ९:१६

काठमाडौं । नेपाली समुदायले जापानको चौथो प्रमुख शहर नागोयामा नेपाल महोत्सव आयोजना गरेका छन् । नेपाली मौलिकताको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टिभलको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शनिबार उदघाटन गरेका छन् ।

उदघाटन मन्तव्य राख्दै डा. रिजालले नेपालको विविधतामा एकताको सन्देश जापान बस्ने नेपालीहरुले पनि दिएको भन्दै खुसी व्यक्त गरे । साथै उनले जापानमा सिकेको सिप र प्रविधिलाई स्वदेशमै उपयोग गर्न जापानवासी नेपालीहरुलाई आह्वानसमेत गरे ।

नेपाल फेष्टिभलमा सहभागी हुन शुक्रबार जापान गएका डा. रिजाल यही भदौ २२ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

नागोयाको हिसियाओदोहोरी पार्कमा यही सेप्टेम्बर ३ र ४ (शनिबार र आइतबार) आयोजना हुने फेस्टिभलमा नेपाली कला संस्कृति, नेपालका पर्यटकीय गन्तव्य, नेपाली मौलिक खानालगायतका दुई दर्जन बढी स्टलहरु रहेका नेपाल फेस्टिभल नागोयाका संयोजक दीपक कार्कीले जानकारी दिए ।

जापान बस्ने नेपालीहरुले विभिन्न शहरहरुमा नेपाल महोत्सव आयोजना गर्दै आएका छन् । यसअघि जापानको फुकुओकामा आयोजित नेपाल महोत्सवमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?