+
+

बाजुरा कांग्रेसबाट ७ जना सिफारिस, सूचीमा महान्यायाधिवक्तादेखि सुशासनविद्सम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते ९:३७
सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खाती ।

१९ भदौ, काठमाडौं । नेपाली कांग्रेस बाजुराको जिल्ला कार्य समितिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ कांग्रेस सहमहामन्त्री बद्री पाण्डे र महान्यायाधिवक्ता खम्बबहादुर खातीसहित ७ जनाको नाम सिफारिस गरेको छ ।

सात जनाको सूचीमा विकास तथा सुशासन विद अंगराज तिमिल्सिनासमेत छन् ।

सिफारिस परेका अन्यमा कांग्रेस जिल्ला सभापति रामसिंह रावल, पूर्वमन्त्री जनकराज गिरी तथा पूर्व जिल्ला सभापतिद्वय कविराज पण्डित र मन बहादुर रावल छन् ।

उम्मेदवारको आकांक्षा राख्ने सबैको नाम पठाउने सल्लाह भएअनुसार आवेदन दिएका सबैको नाम जिल्ला समितिले शनिबार प्रदेश समितिमा पठाएको कांग्रेसका सहमहामन्त्री पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?