+
+

कोटेश्वर क्षेत्रका अनधिकृत संरचना हटाउँदै महानगर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १४:१०

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले कोटेश्वर क्षेत्रमा अनधिृकत रुपमा निर्माण गरिएका संरचना हटाउन थालेको छ ।

कोटेश्वरस्थित पूर्वी क्षेत्रको गाडीका काउन्टरहरु रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटल लगायतका संरचनाहरु हटाउने काम भइरहेको महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

नगरप्रहरीले अहिले धमाधम फुटपाथ मिचेर बनाइएको संरचना, बोर्ड हटाइरहेको उनको भनाइ छ । केही बेरमा अनधिकृत रुपमा निर्माण भएका टहराहरु पनि हटाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?