+
+

जापान पठाइदिन्छु भन्दै रकम ठगेको आरोपमा एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १९ गते १८:११

१९ भदौ, काठमाडौं। प्रहरीले जापान पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा एक जना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका-९ घर भई हाल ललितपुरको बालकुमारी बस्‍ने ३८ वर्षीय मिना सुब्बा रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो ।

उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्‍यक्ति १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?